काठमाडौं / स्थानीय तह निर्वाचनको मुखमा मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश गरेको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर –५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजका अध्यक्षसहित सबै सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

OM Sai Pathibhara Hospital

पोखरेलका अनुसार समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् ।

एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरू एमाले प्रवेश गरेको अध्यक्ष कमालले बताए । 

समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य जनजाति संस्थामा आवद्ध रहेका क्रियाशील अगुवाहरू पनि पार्टी प्रवेश गरेका थिए ।