दाङ / दाङमा स्थानीय तहहरूले नामावली नपठाएपछि मृत्यु भएकाहरूको नाम मतदाताको नामावलीबाट नाम हटाइएको छैन । 

नाम नहटाएपछि जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएका छन् । 

OM Sai Pathibhara Hospital

दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको कुँवरले बताएका छन् ।

स्थानीय तहले १८ वर्षमाथिका मृत्यु भएकाको तत्थ्यांक नपठाएपछि मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । 

निर्वाचन आयोगमा दाबीविरोध परेकाको तथ्याङ्क मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताएका छन् । 

मृत्यु भएकाको नामावली कटाउने प्रणाली भए सजिलो हुने उनको भनाइ छ । जिल्लामा कूल चार लाख नौ हजार ९०० मतदाता रहेका छन् भने वि सं २०७४ मा भएको निर्वाचनमा जिल्लामा तीन लाख ७७ हजार पाँच मतदाता रहेका थिए ।