राजनीति

    Showing 7,851-7,860 of 10,371 items.
  • मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवाई फायर

    दोलखा /  स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि त्यहाँ दुई पक्षीय झडप भएको हो । त्यहाँ अहिले मतदान रोकिएको छ । तर, केहीबेरमै मतदान शुरु हुने खतिवडाले बताए ।त्यस्तै हुम्लाको चंखेली गाउँपालिका –२ स्थित महादेव मतदान केन्द्रमा पनि झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतद

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 142 पटक पढिएको
  • विश्वप्रकाश शर्माले गरे मतदान

    बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शर्माले मेचीनगर नगरपालिका –९ स्थित कवि शिरोमणि मावि खुट्टेडाँगी (क) मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 123 पटक पढिएको
  • बारामा झडप हुँदा मतदान रोकियो

    बारा  / बाराको पचरौता नगरपालिका –२ बैरिया र देवताल गाउँपालिका –७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 92 पटक पढिएको
  • एमालेका वडा अध्यक्षसहित तीन पक्राउ

    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका –२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन् । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 132 पटक पढिएको
  • पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेकाे गाडी दुर्घटना, बस्नेतसहित १० जना घाइते

    सल्यान / माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतसहित १० जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 138 पटक पढिएको
  • यसकारण मतपेटीका साट्न असम्भव

    काठमाडौं / वैशाख ३० गते शुक्रवार (भोली) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कतिपयले मतदान सकिएपछि मतपेटिका साटिने र चलखेल हुनसक्ने आशंका गरेका छन् ।  स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित विभिन्न दलका नेताबीच बलियो प्रतिष्पर्धा देखिएकाले धेरैले मतदान सकिएर मतपेटीका साटिन सक्ने सम्भावना रहेको बताउँदै निर्वाचनको निष्पक्षता र स्वच्छता माथि प्रश्न उठाउने गरेका छन् । मतदान हुनु अघिदेखि मतगणना सम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाएकोले भन्दै मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका छन् ।सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मत

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 169 पटक पढिएको
  • ‘न्युट्रल’ बसेकाले यो पटक मतदान गर्दिन : वामदेव गौतम

    झापा / नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले शुक्रबार ( भोलि ) हुने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।  एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर- १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 110 पटक पढिएको
  • कांग्रेसद्वारा पूर्वसांसद श्रेष्ठसहित ५ जना नेता निलम्बित

    चितवन / नेपाली कांग्रेसले पूर्वसांसद भीम बहादुर श्रेष्ठसहित चितवनका पाँच जना नेता तथा कार्यकर्ताहरूलाई निलम्बन गरेको छ । काँग्रेस सचिव प्रदीप पराजुलीका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितनेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।निलम्बनमा पर्नेमा पूर्व सांसद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले उनीहरूलाई निलम्बन गरेक

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 115 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : कुन नेताले कहाँ गर्दैछन् मतदान ?

    स्थानीय तह निर्वाचनमा यी नेताल निम्न ठाउँ र मतदान केन्द्रबाट गर्दैछन् मतदान शेरबहादुर देउवाप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।रामचन्द्र पौडेलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शु

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 148 पटक पढिएको
  • जनप्रतिनिधिका अपराध : पाँच वर्षमा २८० जना अपराधमा संलग्न

    काठमाडौँ / मुलुकमा संघियता कायम भएसँगै जनताका प्रतिनिधि सत्तामा पुगेपछि सिंहदरबार सरहको अधिकार स्थानीय तहले पनि पाएका छन् । २०७४ सालमा जनताकै हकहितका लागि निर्वाचित भएका जनप्रतिनिधि समेत आफ्नो पाँच वर्षे कार्यकालमा जघन्य अपराधमा संलग्न भएका छन् ।अघिल्लो पटकको निर्वाचनमा विकास र परिवर्तनका विभिन्न एजेन्डा बोकेर जनताको घरदैलोमा पुगेका नेताले सत्तामा पुगेपछि भने अपराधको बाटो समाएका छन् । सत्ता र शक्तिको आडमा मुलुक र जनता भन्दा पनि आफू र आफू निकटलाई अनुकुल हुने कार्यलाई प्राथमिकतामा राख्दा भ्रष्टाचार र अन्य अपराधको बाटो समाउँदै आएका छन् ।महोत्तरीको मटिहानी–५ का वडा अध्यक्ष रामकुमार महतोल

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.