झापा / नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले शुक्रबार ( भोलि ) हुने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।  एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । 

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर- १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।