तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा छथर गाउँपालिका –२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन् । 

OM Sai Pathibhara Hospital

गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । 

थापाका अनुसार उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको छ ।