दोलखा /  स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । 

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

OM Sai Pathibhara Hospital

मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि त्यहाँ दुई पक्षीय झडप भएको हो । त्यहाँ अहिले मतदान रोकिएको छ । तर, केहीबेरमै मतदान शुरु हुने खतिवडाले बताए ।

त्यस्तै हुम्लाको चंखेली गाउँपालिका –२ स्थित महादेव मतदान केन्द्रमा पनि झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । 

झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् ।

झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।