बारा  / बाराको पचरौता नगरपालिका –२ बैरिया र देवताल गाउँपालिका –७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।

देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।

झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।