सल्यान / माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बस्नेतसहित १० जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।