बिर्तामाेड / नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई– दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शिवसताक्षी नगरपालिका वडा नं–९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता थेवेले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले कनकाई धाम, कन्काई नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटिहोम दोमुखा लगायत धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण र सम्बद्र्धनमा आफ्नो सँधै अग्रसरता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता धार्मिक पर्यटकीय स्थलहरूमा लगानी भित्र्याउन आफ
काठमाडौँ / अखिल क्रान्तिकारीको केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रवीना अधिकारी चयन भएकी छिन्।‘सम्पत्ति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मूल नारासहित भाद्र २५ र २६ गते दुइ दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।माओवादी (केन्द्र)का उपमहासचिव एवं उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले रामपुर स्थित कृषि क्याम्पसमा उद्घाटन गरेको भेलालाई अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह सहित पूर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी (केन्द्र) चितवन अध्यक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिएका थिए । मुलुकभरबाट ५०० छात्रा प
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाबीच भेटवार्ता भएको छ ।गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाले सोमबार बिहानै खुमलटार पुगेर ‘प्रचण्ड’लाई भेटेका हुन् । उनीहरूबीच संसद्मा रहेका विभिन्न विधेयक लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको स्रोतले जानकारी दियो ।प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसद्मा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफ
बिर्तामोड / झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारको मुख नहेरी रुख चिन्ह हेरेर मत दिन आम जनतालाई आह्वान गरेका छन् ।नेपाली कांग्रेस बिर्तामोड नगर समितिले आयोजना गरेको १०९ औं वी.पी. जयन्ती एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले आसन्न निर्वाचनमा मुख होइन, रूख हेर्नुपर्ने बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सरिता प्रसाईँले यसअघिको निर्वाचनमा दुईतिहाइ प्राप्त गरेको एमालेले मुलुकको नेतृत्व गर्न नसकेकै कारण कांग्रेस नेतृत्वमा सरकार बनेको बताउँदै ‘संसद भंग गर्ने अधिकार कसले दियो ?’ भनेर एमालेलाई प्र
काठमाडौँ / नेकपा एमाले लोकतान्त्रिक समाजवादी दललाई प्रतिनिधिसभामा १८ सिट छाड्ने प्रस्ताव गरेको छ। तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग चुनावी गठबन्धनका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।‘चुनावमा तालमेल गरेर गएमा तराईमधेशका जिल्लामा १८ सिट लोसपालाई छाड्ने प्रस्तावमाथि छलफल भइरहेको छ। तर यसबारे निर्णय भने भएको छैन’, एमालेका एक नेताले भने। आसन्न निर्वाचनलाई लिएर नेकपा एमाले र लोकतान्त्रिक समाजवादी दल (लोसपा) का नेताबीच भेटघाट तीव्र बनेको छ। गठबन्धनबाहिर रहेका दुवै दलबीच चुनावमा तालमेल गरेर जाने गरी छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए।यस विषयमा एमाले अध्यक्ष ओली
काठमाडौं / सामाजिक अभियानताका नाममा पछिल्लो समय सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनी सिफारिस भएका हुन । गौतमले सामाजिक सञ्जालमार्फत आफू सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई समानुपातिकमा सिफारिस गरेकोमा गौतमले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने बताए । तर, यदि प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ । दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् । यसपछि फेरि संघीय संसदका दुवै
झापा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । बहालवाला सांसद समेत रहेकी मगरको नाम बिहिवार एकल सिफारिस भएको हो । २०७४ को आम निर्वाचनमा उनि वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाजित भएकी थिईन । माओवादीकी मगरले गत निर्वाचनमा ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी कांग्रेस नेता दिवान विष्टले १९ हजार ४३७ मत ल्याएका थिए । दुवैबीच १९ हजार ५ सय ८४ मतको फरक थियो । तर, पछिल्लो समय कांग्रेसले स्थानीय तहमा राम्रो कमब्याक गरेको छ ।मगर ०७० मा भने कांग्रेस नेता विष्टसंगै पराजित भएकी थिईन । विष्ट अहिले कांग्रेस
झापा / नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ का अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चार जना र समानुपातिक तर्फ दुई जनाको नाम सिफारिस गरिइएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधिसभको प्रत्यक्षतर्फ सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङको नाम सिफारिस भएको छ । सिफारिस भएकाहरु मध्ये किराती माओवादीका बलियो दाबेदार हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य छन् । ७४ को चुनावमा वाम गठबन्धनबाट उठ
झापा / पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाट पेचिलो बन्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले आआफ्नो अडान नछोड्दा गठबन्धन फुट्न सक्ने संकेत देखिएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले आफुले दावी गरेका सिट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी नै दिइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवदी पार्टी आफ्नो अडानबाट पछि नहटेका बेला अध्यक्ष यादवले गठबन्धनसामु नयाँ अडान राखेका छन् ।जसपा अध्यक्ष यादवले आफूहरू एक्लै उठे पनि मधेश प्रदेशसहितका स्थानबाट १०/१२ सिट त सजिलै जित्ने दावी गरिरहेका छन् । बिहीबार वीरगञ्ज पुगेर यादवले भने, ‘३२ सिट हामी लिन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.