काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । 

OM Sai Pathibhara Hospital

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।