काठमाडौं । नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो ।

OM Sai Pathibhara Hospital

बैठकले फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।