काठमाडौं   ।    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार बैठकले मुलुकको समसामयिक परिस्थितिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने समयसीमा पनि शुक्रबार साँझ सम्मको हो ।