काठमाण्डौ   ।   नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

पोखरेलले ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको पनि टिप्पणी गरेका छन् । उनले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति केपी शर्मा ओली नै भएको दाबी पनि गरेका छन् ।  तर केपी शर्मा ओली भने मौन छन।

‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे, अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,’ पोखरेलले लेखेका छन्, ‘वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ ।’ पोखरेलले भनेका छन।

दुर्गा प्रसाइले एक अन्तर्वार्तामा केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा  लगानी छ भनेपछी शंकर पोखरेलले ओलीको बचाउ गर्दै स्टाटस लेखेका छन भने उक्त स्टाटस लाई काउन्टर दिदै दुर्गा प्रसाइ फेरि अरुपनी नेताहरुको लगानी निकाल्ने बताएका छन। केपी शर्मा ओलीको कम्बोडियामा लगानी छ भनेर हाल विभिन्न अन्तरास्ट्रीय सन्चार माध्यमले पनि बताउन थालेका छन।Screenshot_2023_1025_093006

Screenshot_2023_1025_094156