काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन्।

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी रहेको छ।

OM Sai Pathibhara Hospital

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेतृत्वको सरकार संविधानको धारा १६८(५) अनुसारको हो। कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।