काठमाडौं— चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ ।चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।स्पेनको म्याड्रिडमा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार–आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा रा
“सेनाले सिंहदरबार जोगाइदिएको भए हुन्थ्यो, सिंहदरबार जल्दा सारा नेपालीको जीवन पद्धती नै जल्यो, किन सेनाले जोगाएन प्रश्न उठेको छ,” पूर्वउपरथी अन्नत कार्की भन्छन्। काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ।मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्। जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ।२०८२ भदौ २३ गते जेन-जी आन्दोलन सुरू भएकै दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो। यो मृत्युपछि जनाक्रोश बढ्दा २४ भदौमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संघीय संसद, सर्वोच्च
काठमाडौं— नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग स
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् ।
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने,‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फ
सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन् ।गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाई छ ।नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै नागरिक खवरदारी जरुरी भएको बताए । संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको भन्दै संविधान जोगाउन नागरिकहरु सचेत रहनु पर्ने आवश्यकता ओैल्याए । ’सात दशकको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान धराप
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो । सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए । उनले भने, ‘अब त यसमा मलाई कुनै संका छैन् कि हाम्रो देश बन्दैन् । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाई हाम्रो पीडा हेरेर कति जना भागि सके होल
काठमाडौं— सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन् ।जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताए ।उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं त्यस
काठमाडौं— जनमत पार्टीभित्र नेतृत्वको असन्तुष्टि सतहमा आएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन सार्वजनिकरूपमा माग गरेका छन्।बुधबार जारी गरिएको सामूहिक हस्ताक्षरयुक्त वक्तव्यमा अध्यक्ष डा। राउतसँगै संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा माग गरिएको छ। वक्तव्यमा उल्लेख गरिएअनुसार, पार्टी नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको उद्देश्य र मार्गदर्शनलाई नै कमजोर बनाएको आरोप छ।वक्तव्यमा भनिएको छ, 'जनताको अथक संघर्षबाट निर्माण भएको पार्टी पछिल्लो समय नेतृत्वको
हेटौँडा— बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले बुधबार आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पत्रमा उनले नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार पदत्याग गरेको उल्लेख गरेका छन्।पाठकले आफ्नो राजीनामा भावनात्मक कारणले प्रेरित भएको बताएका छन्। भदौ २३ गते 'जेन-ज' नामक युवाहरूको समूहद्वारा गरिएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको अस्वाभाविक बल प्रयोगका कारण युवाहरूको ज्यान गएको घटनाले आफू गहिरो रूपमा प्रभावित भएको उनको भनाइ छ।'राष्ट्र रोइरहेको अवस्थामा, नेपाली नागरिकको चाहना र युवाको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.