काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले भारतको सीमा मिचेको छ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि आइतबार संसदमा विरोध मात्र भएन हंगमा समेत मच्चियो ।

आज सोही लगायत बिविध विषयलाई लिएर संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । संघीय संसद्‌मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे बस्नेछ ।

नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिएका छन् ।