काठमाडौँ, ९ असोज : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गर्नुभयो । डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि
काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् । नागरिक पहिलो अभियानका अभियान्ता समेत रहेका महतले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर उनले गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलन
काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो धनजनको क्षति भएको भन्दै त्यसको पुनःनिर्माण गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले असोज ५ गते गरेको निर्णय अनुसार भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ । उक्त
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए । उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भ
काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्,जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्।सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
काठमाडौं— साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गो
काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ ।मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.