राजनीति

    Showing 1,111-1,120 of 10,298 items.
  • जेन-जी आन्दोलनसम्बम्धी मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले

    काठमाडौं । जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले अदालत जाने भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई  ‘पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रपूर्ण’ भन्दै अदालत जाने भएको हो । शुक्रबार महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन यथास्थितिमा स्वीकार्य नभएको उल्लेख गर्दै पहिलो चरणमा पुनरावलोकनको माग गरिने र आवश्यक परे अदालतको ढोका ढकढक्याइने जनाइएको छ।एमालेले प्रतिवेदनले तथ्यभन्दा राजनीतिक पूर्वाग्रह बोकेको दाबी गर्दै विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षालाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने जनाएको छ।व

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 105 पटक पढिएको
  • बिदामा रहेका कर्मचारीलाई तिन दिन भित्र हाँजिर हुन मन्त्रालयको अल्टिमेटम

    काठमाडौं । अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर आफ्नो अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीलाई सरकारले कडा चेतावनी दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सम्पर्कविहीन कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन र आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीको विवरण यकिन गर्ने प्रक्रिया सुरु गरिएको छ। यस क्रममा बिदा अवधि समाप्त भइसकेका कर्मचारी कार्यालयमा हाजिर भए–नभएको अवस्था समेत खोजबिन गरिने ज

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 148 पटक पढिएको
  • राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् ।फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘लामो समयदेखि राजनीतिक आँट र विधेयक उपयुक्त ढंगले प्रयोग गर्न नसक्दाखेरि हुन नसकेका सुधारहरुलाई हामीले अगाडि बढाउने निर्णय गरेका छौं । प्रधानमन्त्री ज्यु, सभापति ज्युसँ

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 158 पटक पढिएको
  • ५० वर्षदेखिको पोखरा बसपार्क विवादमा अदालतको ब्रेक मेयर बने आक्रामक

    पोखरा। पोखरामा पाँच दशकदेखि अल्झिएको बसपार्क विवाद फेरि नयाँ मोडमा पुगेको छ । बसपार्क क्षेत्र खाली गराएर डोजर चलाउने तयारीमा रहेको पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि ब्रेक लगाइदिएको छ । अदालतको अन्तरिम आदेशसँगै बसपार्कको लडाइँ अब सडकबाट इजलासतर्फ सरेको छ ।महानगरले जेठ २५ गतेदेखि बसपार्कभित्रका संरचना हटाउने अन्तिम तयारी गरिरहेको थियो । तर डोजर चल्नुअघि नै अदालतको आदेश आयो– हाललाई कुनै पनि संरचना नभत्काउनू ।बसपार्कभित्र आफ्नो जग्गा रहेको दाबी गर्दै योगेन्द्रदेवी श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतल

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 106 पटक पढिएको
  • कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

    विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्। ‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेक

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 153 पटक पढिएको
  • राज्य व्यवस्था समितिको बैठक स्थगित, उपसमिति गठन र अनुगमन योजना प्रभावित

    काठमाडौं । शुक्रबार अर्था त आज बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।  सरकारी निकायहरूको कामकारबाहीमाथि निगरानी बढाउने तयारीमा रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसक्दा समितिका आगामी कार्ययोजना प्रभावित भएका छन्।समितिको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो । बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो। साथै, समितिको कामलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत गरिएको थियो। तर बैठक बस्न सकेन । समितिले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 230 पटक पढिएको
  • कांग्रेसमा अनुशासनको डण्डा बारा सभापति यादव निलम्बित

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवमाथि कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।यादवविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा पार्टी हितविपरीत गतिविधि भएको निष्कर्ष निकालेपछि अनुशासन समितिले कडा कदम चालेको जनाएको छ। यता, सोही प्रकरणमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले भने राहत पाएका छन्। उनीहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 218 पटक पढिएको
  • माईतीघरबाट नेकपाले माग्यो प्रधानमन्त्री बालेनको राजिनामा

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चुलिँदै गएको बेला नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विभिन्न जनसंगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको भनिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको आरोप लगाएका छन्। उनीहरूले राष्ट्रहितविपरीत अभिव्यक्ति दिने नेतृत्वलाई जनताले स्वीकार गर्न नसक्ने भन्दै सरकारलाई खबरदारी गरेका थिए।जनवर्गीय संगठन समन्वय मोर्चाक

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 226 पटक पढिएको
  • नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

    रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो । बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 548 पटक पढिएको
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 436 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.