काठमाडौं— नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौंको आयोजनामा विश्व पर्यटन दिवस २०२५ को अवसरमा आयोजित पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बागमती प्रदेशको पर्यटन सुरक्षित रहेको बताएका हुन् । बागमती प्रदेशको पर्यटकीय क्षेत्र तथा पर्यटन सुरक्षित अवस्थामा रहेका छन् भन्ने म्यासेज पर्यटनसम्म पु¥याउन नसक्दा पर्यटन उद्योग धारासायी भएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताएका
काठमाडौं— सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको हो । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण गर्दै सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको जानकारी दिएका हुन् ।&
काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ । असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ ।यस्ता अराजक क
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली सङ्घका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य डा. प्रभात अधिकारीले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।उनको राजीनामाको पुष्टि पार्टी सचिवालयका सदस्य दीपक बोहराले गरेका छन्। बोहरा भन्छन्, “प्रभातजीले आज राजीनामा दिनुभयो, तर उहाँले राजीनामाको कारण भने खुलाउनु भएन।” पछिल्लो समय रास्वपाभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको पाइएको छ। यसअघि पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पनि यस्तै असन्तुष्टिको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएकी थिइन्।
काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताएका हुन् ।उनले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गरे ।उनले भने ‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यव
काठमाडौं— निर्वाचन आयोगले कात्तिक मसान्तसम्म देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ।बिहीबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोग सक्रिय भएको हो।यस अन्तर्गत आगामी फागुन २० गतेभित्र १८ वर्ष पूरा गर्ने सबै नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था मिलाइएको छ। आयोगका अनुसार हाल १६ वर्ष उमेर पुगेका र नागरिकता प्राप्त गरेका नेपाली नागरिकले पनि नामावलीमा दर्ता गर्न सक्नेछन्। यसको लागि उनीहरूले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.