काठमाडौं— नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम ल्याएको हो ।नेपालमा यसअघि ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित यस्तो उच्च तहको शैक्षिक कार्यक्रम स्नातक तहमा समेत उपलब्ध थिएन । यस कार्यक्रमको पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसहित चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू संलग्न रहेका छन् ।पाठ्यक्रम विकासमा संलग्न विज्ञ एवंम प्राध्यापक प्रविण भट्टराईका अनुसार, यसमा अबुधाबीका एरोनटिकल इन्जिनियर र भा
काठमाडौं— नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन् । त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए ।फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्ष
सुर्खेत— प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् । शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ज
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यो जानकारी मन्त्रिपरिषद् बैठकपछि अर्यालले नै सञ्चारकर्मीहरूलाई दिएका थिए । मन्त्रिपरिषद्को निर्णय सिफारिस चैत ३ गते नै राष्ट्रपति कार्यालयमा पुगे पनि राष्ट्रपति पौडेलले निर्णय गरेका छैनन् ।राष्ट्रपति निकट स्रोतले त्यो निर्णय तत्कालका लागि होल्डमा रहेको जानकारी दियो । नयाँ सरकार आएपछि कन्सर्न बुझेर मात्रै यसबारे राष्ट्र
सुर्खेत— फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्व परिवेशमा गौतम बुद्धका शिक्षाको महत्त्व झन् बढ्दै गएको बताएका छन्। शुक्रबार बिहान चिनियाँ दूतावासद्वारा लुम्बिनीमा आयोजित बौद्ध ध्यान कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विश्वमा बढ्दो द्वन्द्वात्मक मानसिकता, असहिष्णुता तथा मनोवैज्ञानिक विभाजनका चुनौतीबिच बुद्ध शिक्षाको सान्दर्भिकता अझ गहिरो भएको बताए।उनले गौतम बुद्ध का उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र समझदारीको मार्ग देखाउने उल्लेख गर्दै लुम्बिनी केवल ऐतिहासिक सम्पदा मात्र नभई विश्व शान्तिका लागि मानवताको पवित्र प्रतीक भएको धारणा व्यक्त गरे।नेपालका
काठमाडौं— नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ ।सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उप
काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहर
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ । उपसभापति शर्माले सभापतिको र
काठमाडौं— धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् ।बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई दिएको निर्देशनलाई लक्षित गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.