राजनीति

    Showing 1,031-1,040 of 7,501 items.
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।  उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको थियो ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 439 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 454 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

    काठमाडौँ, २४ असोजः एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले राससलाई जानकारी दिए । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।&nbs

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 233 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 489 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 389 पटक पढिएको
  • सरकारले प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलायो

    काठमाडौं—  सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 479 पटक पढिएको
  • सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज

    काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो। 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 487 पटक पढिएको
  • मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छः लिङ्देन

    हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 495 पटक पढिएको
  • कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 499 पटक पढिएको
  • परिवर्तनको विपक्षमा उभिए केपी ओली

    अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभएको छ — शपथ ग्रहण गरेपछि तुरुन्तै संसद् भङ्ग गर्ने सिफारिस गर्छु । त्यो भङ्ग र सिफारिस लागू गर्नुपर्छ र संसद् भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु, नत्र भने देशमा जेनजीले आगो बाल्छन् । संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।उहाँलाई राम्ररी थाहा छ– नेपालको स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 307 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा