काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति नेपालले भारतको सीमा मिचेको विषयमा माफी नमागेसम्म सदनको कार्यसूची अघि बढ्न नसक्ने भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ।
सांसद क्षितिज थेबेले एमालेका तर्फबाट आजको बैठकमा धारणा राख्दै यस्तो बताएका छन्। उनले भने ‘म यहाँ विरोधका निम्ति विरोध गर्न उभिएको छैन । राष्ट्रिय सीमाको विषयमा बोल्न उभिएको छु । बोलेन भने इतिहासले पनि माफ गर्दैन, सत्तारुढ दलका माननीयहरू जान्नेलाई छान्ने भन्ने नारा लिएर आउनु भएको थियो । मलाई पूर्ण आशा लागेको थियो देशको सिमानाको विषयमा प्रतिपक्षीका सांसदमात्रै उभिने हैन । प्रधानमन्त्रीले मुलुक र जनताप्रति भुलचुक माफी मागेर अघि बढ्नुपर्छ । त्यसपछि कार्यसूचीमाथि छलफल गर्नुपर्छ ।’


































