काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमा सिफारिस गरेका दुई जनाको शपथ आज अपराह्न साढे ४ बजे हुने भएको छ।राष्ट्रपतिको कार्यालयका अनुसार गृह मन्त्रालयको जिम्मेवारी पुनः सुधन गुरुङ लाई र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुन लाई दिने तयारी गरिएको छ। उनीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस भइसकेको छ।
यसअघि शपथ दिउँसो ३ बजे हुने बताइएको भए पनि समय परिवर्तन गरी अपराह्न ४स्३० बजे तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गुरुङ यसअघि पनि गृहमन्त्री थिए। उनको सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए। सो विषयमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ।
महावीर पुन भने यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। अब उनी नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा फर्किन लागेका छन्।


































