राजनीति

    Showing 1,021-1,030 of 7,501 items.
  • गगन थापा भन्छन् देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बिदाइ गर्न भनेका हुन्। उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।  उनले 'इफ, बट' केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 584 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध नेविसंघको किटानी जाहेरी

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 399 पटक पढिएको
  • अस्पताल भर्ना भएका राष्ट्रपति डिस्चार्ज

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 505 पटक पढिएको
  • शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो।  शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 470 पटक पढिएको
  • भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ ।भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।संगठनका अध्यक्ष इन्द्र तामाङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेर संविधानमा उल्लेखित नागरिकका मौलिक हक खण्ठित गरेको छ । उक्त निर्णय सरकारको पूँजीवादी प्रवृत्तिको प्रतिबिम्ब हो र यो भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बस्तीमा बसोबास गर्ने करिब १२ लाख नागरिकमाथिको विभेदकारी र अम

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 217 पटक पढिएको
  • दुर्गा प्रसाईँद्वारा आकस्मिक बैठक आह्वान

    काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशको वर्तमान राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्। प्रसाईँले आगामी असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नै निवासमा बैठक आह्वान गरेका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रसाईँले देश हाल इतिहासकै कमजोर र अस्तित्व सङ्कटको अवस्थामा पुगेको दाबी गरेका छन्। उनले सिंहदरबार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचना नै धरापमा परेको भन्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीको मनोबल कमजोर पारिएको टिप्पणी गरेका छन्।यस्तो संवेदनशील राजनीतिक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 407 पटक पढिएको
  • बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

    नेपालगञ्ज— बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४१५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए।उनले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताए ।  “मतदाता नामावली सङ्कलन दैनिकजसो बढ्दै गएको देखिएको छ”, उनले भने । जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्ज, बाँकेले असोज

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 426 पटक पढिएको
  • सरकारले १५ जना सहसचिवको सरुवा

    काठमाडौं— सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 461 पटक पढिएको
  • चितवनमा ९५० नयाँ मतदाता थपिए

    काठमाडौं— निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए । उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 435 पटक पढिएको
  • सुरक्षा फिर्ता भएपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको घेरामा

    काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 471 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा