राजनीति

    Showing 1,021-1,030 of 10,298 items.
  • शेखर कोइरालाको सचिवालयले भन्यो–संस्थापन पक्षले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चलेजस्तो संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको जनाएको छ । सचिवालयले संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाइएकोबारे दिएको सूचना बाहिर मात्रै आएको बताएको हो ।कोइरालाको सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जनाए अनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा. शेखर कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ ।‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला,’ सचिवालयले भनेको छ, ‘कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदिप पौडेल र २०८३ बैशाख २

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 259 पटक पढिएको
  • ‘संसदमा अवरोध गरेर बजेट र मबारे संगठितरुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो’

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 292 पटक पढिएको
  • ५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव

    मकवानपुर । रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत मंगलबार राति मतदान सुरु भएको थियो । मध्यरात १:३० बजेबाट सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको थियो ।निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिका अनुसार एक सभापति पदका लागि ४ जना उम्मेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरी मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार रति १:३० बजेदेखि मतदान सुर

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 289 पटक पढिएको
  • प्रतिवेदन लुकाएर सुधनलाई गृहमा फिर्ता, सरकारमाथि ‘आफ्नालाई जोगाएको’ आरोप

    काठमाडौं। सम्पत्ति र आर्थिक कारोबारबारे गम्भीर प्रश्न उठेपछि पद छाडेका सुधन गुरुङलाई सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्री बनाएपछि सरकारको नियतमाथि नै प्रश्न उठ्न थालेको छ। गुरुङविरुद्ध उठेका आरोपको छानबिन गर्न सरकारले गठन गरेको समितिले सफाइ दिएको दाबी गरिए पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदन गोप्य राखेरै प्रधानमन्त्री बालेन शाहले गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएपछि पारदर्शितामाथि बहस चर्किएको हो।गुरुङमाथि सम्पत्ति स्रोत, सेयर कारोबार, व्यवसायिक साझेदारी र आर्थिक गतिविधिसम्बन्धी प्रश्न सार्वजनिक रूपमा उठेका थिए। ती प्रश्नको जवाफ खोज्न समिति

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 247 पटक पढिएको
  • मन्त्रिपरिषद् वरीयतामा सुधन गुरुङ पाँचौँ, महावीर पुन आठौँ स्थानमा

    काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको वरीयता पनि तय गरिएको छ। नयाँ मन्त्रिपरिषद् सूचीअनुसार गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता प्रदान गरिएको छ भने महावीर पुन आठौँ स्थानमा रहेका छन्। दुवै मन्त्रीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।गुरुङ यसअघि पनि बालेन नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहिसकेका छन्। उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। यता महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 78 पटक पढिएको
  • सप्तरीमा भीषण आगलागी, पाँच परिवारका १२ घर जलेर नष्ट

    राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ मा आगालागी हुँदा १२ घर जलेर नष्ट भएका छन् । मंगलबार भएको आगलागीबाट पाँच परिवारका १२ वटा घर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रहरीका अनुसार स्थानीय बुचु खंगको घरबाट सुरु भएको आगो केही समयमै फैलिँदा आसपासका घरहरू पनि जलेर क्षतिग्रस्त भएका हुन्। आगलागीबाट बुचु खंगसहित सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगका घरमा ठूलो क्षति पुगेको छ।स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।स्थानीयका अनुसार घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिए

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 65 पटक पढिएको
  • सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।   गृह मन्त्री बनेका सुधन गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन्। उनी यसअघि पनि गृह मन्त्रीको जिम्मेवारीमा रहेका थिए। सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारी छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 241 पटक पढिएको
  • नयाँ मन्त्रीको जिम्मेवारी सम्हाल्न सुधन गुरुङ र महावीर पुन शितल निवासमा

    काठमाडौं। मन्त्रिपरिषद् विस्तारपछि नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुन शपथग्रहणका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा दुवै जनालाई मन्त्रिपरिषद्मा समावेश गरिएको हो। स्रोतका अनुसार शपथग्रहण कार्यक्रमपछि दुवै मन्त्रीले तत्काल आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन्। सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महावीर पुनले नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्नेछन्।गृह मन्त्रालयको नेतृत्वमा पुनरागमन गरेका गुरुङ यसअघि पनि छोटो अवधिका लागि गृहमन्त्री बनेका थिए। त्यतिबेला सम्पत्ति स्रोतसम्बन्धी विषयमा प्रश्न उठेपछि उनको भूमिकामाथि छानबिन भएक

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 171 पटक पढिएको
  • नयाँ रणनीति बनाउँदै विपक्षीदलहरु

    काठमाडौं।  संसद्मा जारी अवरोधबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ। नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रमुख विपक्षी दलका शीर्ष संसदीय नेताहरू सहभागी छन्। बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक र सचेतकहरूको उपस्थिति रहेको छ।प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरू केही दिनदेखि संसद्मा विरोध जनाउँदै आएका छन्। यही विषयमा आगामी रणनीति तय गर्न विपक्षी

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 138 पटक पढिएको
  • सरकार सञ्चालन पार्टीको विधानअनुसार होइन कानुन अनुसार हुनुपर्छ : सभापति थापा

    गोरखा। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सञ्चालन गर्दा कुनै दलको आन्तरिक विधानभन्दा देशको संविधान र कानुनलाई आधार मान्नुपर्ने बताएका छन्।  मंगलबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारलाई संविधानको मर्मअनुसार काम गर्न आग्रह गरे। उनले सरकारका गतिविधिमाथि निगरानी राख्ने र आवश्यक पर्दा समर्थन तथा आलोचना गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको भएको बताए।थापाले विगतका सरकार र प्रतिपक्ष दुवैले अपेक्षाअनुसार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै राजनीतिक दलहरूमा सत्ताकेन्द्रित सोच हाबी भएको बताए। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्न

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 179 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.