काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको वरीयता पनि तय गरिएको छ। नयाँ मन्त्रिपरिषद् सूचीअनुसार गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता प्रदान गरिएको छ भने महावीर पुन आठौँ स्थानमा रहेका छन्। दुवै मन्त्रीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

गुरुङ यसअघि पनि बालेन नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहिसकेका छन्। उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। यता महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। नयाँ मन्त्रिपरिषद्मा उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।