काठमाडौं।  संसद्मा जारी अवरोधबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ। नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रमुख विपक्षी दलका शीर्ष संसदीय नेताहरू सहभागी छन्। बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक र सचेतकहरूको उपस्थिति रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरू केही दिनदेखि संसद्मा विरोध जनाउँदै आएका छन्। यही विषयमा आगामी रणनीति तय गर्न विपक्षी दलहरू छलफलमा जुटेका हुन्।बैठकपछि संसद्को अवरोध, सरकारप्रतिको धारणा र आगामी कदमबारे साझा निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।