बिर्तामोड (नागरिक दैनिक) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०र४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले ५०र५० प्रतिशतको आधार तय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहले बराबरी शक्ति बाँफाँडको आधारमा पार्टी एकता गर्नेगरी मापदण्डमा सहमति गरेका छन्। यसबाट स्थायी कमिटीदेखि जनसंगठन, जिल्ला र गाउँपालिकासम्म बन्ने कमिटीमा ५०र५० प्रतिशतका आधारमा दुवै समूहको प्रतिनिधित्व हुनेछ।पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकु
बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट)चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका छन् । तर, यसपालि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १५ जना यस्ता अपराधीले आममाफी पाएका छन्, जसले अदालतको फैसलाअनुसार एक दिन पनि सजाय भुक्तान गरेका छैनन् ।प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै सिफारिसमा राष्ट्रपतिबाट १५ जना यस्ता
बिर्तामोड(नयाँ पत्रिका दैनिकबाट) टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ । यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उ
बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) १. बिपीलाई मृत्युदण्ड दिने मागसहित पञ्चायतले लगाएका सात मुद्दा अदालतबाट खारेज०१५ को आमनिर्वाचनपछि प्रधानमन्त्रीमा निर्वाचित बिपी कोइरालालाई राजा महेन्द्रले १ पुस ०१७ मा पदच्युत गरी संविधान र प्रजातान्त्रिक व्यवस्था नै समाप्त गरेका थिए । आठ वर्ष जेल जीवन बिताएपछि भारत निर्वासनमा गएका बिपी १६ पुस ०३३ मा नेपाल फर्के । नेपालमा आफूविरुद्ध राजद्रोहको मुद्दा चल्ने र जीवन नै जोखिममा पर्ने अवस्था हुँदाहुँदै बिपी नेपाल फर्किएका थिए । ‘त्यो वेला नेपाल फर्कनु ज्यानको समेत जोखिम हो भनेर बिपीलाई शुभचिन्तकहरूले सावधान गराएका रहेछन् । तर, नेपालमा मेरा पक्षमा लड्ने वकिल छन्,
बिर्तामोड ( अभियान दैनिकबाट ) भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू। ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू। १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम तेल निर्यात गरेका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगब
विराटनगर (अभियान दैनिकबाट ) विराटनगर महानगर पालिकाको वडा नम्बर १ मा पर्ने घिनाघाटदेखि २२ किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्गमा पर्ने विराटचोक जोड्ने प्रदेश १ कै गौरवको योजना रकम अभावमा निर्माण प्रभावित भएको छ । घिनाघाट–विराटचोक चारलेन सडक आयोजनालाई प्रदेश सरकारले सहलगानी कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । आयोजना सम्पन्न हुन चार महीना बाँकी हुँदा करीब ४० प्रतिशत भौतिक र ३७ प्रतिशत मात्रै आर्थिक प्रगति छ ।उक्त सडकको तीनओटा भागमा ठेक्का लागे पनि मिलनचोकदेखि घिनाघाटसम्म २ किलोमिटर सडकमा भने ठेकेदारले भर्खरै काम थालेका छन् । प्रदेश सरकारले समयमा ठेकेदारलाई भुक्तानी नदिएपछि अहिले ठेकेदार क
बिर्तामोड ( कारोवार दैनिकबाट ) सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका कारण सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेन्टल सहकारीको मुद्दा फेरि संघीय सहकारी विभागमा पुगेको छ । ओरेन्टलको सम्पति खोजबिन गरी दायित्व फरफारक गर्नका लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको थियो । समितिले ओरेन्टलको सम्पत्ति लिलामी गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले नयाँ ऐनका आधारमा ओरेन्टल सहकारीलाई कारवाही गर्न नसक्ने फैसला गरेपछि काम रोकिएको थियो ।समितिमा सहकारीका अध्यक्ष सुधिर बस्नेतले महालक्ष्मी नगरपालिका—२ स्थित निर्माणाधिन अपार्टमेन्ट पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना पेश गरेक
बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।प्रतिनिधिसभाको विघटन गरी आउँदो वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिएसँगै मुलुकको राजनीति त्यसको पक्ष र विपक्षमा विभाजित छन् । यसै आधारमा आयोगको भुमिकामाथि प्रश्न उठाउन थालिएको हो । त्यसमाथि निर्वाचनअघि नै नेकपाको आधिकारिताको विवाद टुंग्याउनुपर्ने मुख्य जिम्मेवारी रहेको छ । यसले गर्दा पनि विशेषतः नेकपाको पुष्पकमल दाहाल
बिर्तामोड(नेपाल समाचार दैनिकबाट)प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ– प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुङ्गो यो साताभित्र नै लाग्छ । उहाँको भनाइले सो विवाद यही फागुन ११ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ ।प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्ष र एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गर्नुभएको छ ।सबै पक्षको बहस सकिएपछि अब सबैको ध्यान सर्वोच्चमा गएको छ । सरकार पक्षले प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानसम्मत छ भन्ने जिकिर गरिरहेको छ भने अन्य पक्षले सरकारको कार्य गैरस
बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट ) पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै छन्।उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्। दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा हुनेछ।उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.