मनोरञ्जन

    Showing 2,711-2,720 of 2,830 items.
  • राज कुन्द्राले ११९ वटा पोर्न फिल्म बनाएको खुलासा

    बिर्तामोड / पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्राले एक सय १९ वटा पोर्न फिल्म बनाएको खुलासा भएको छ । कुन्द्राले आफ्नो एक सय १९ फिल्मलाई ८ करोड ८४ लाख रुपैयाँ भारुमा बेच्न चाहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । स्रोतका अनुसार उनको एउटा एप माथि प्रतिबन्ध लाग्दा अर्को एप समेत बनाएका थिए । कुन्द्राले डिजिटल मिडिया मार्फत अवैध ढङ्गले पैसा कमाउने तरिका अपनाएको  बताइएको छ । कुन्द्राले पक्राउ पर्नुअघि केही डाटा डिलिट गरेर आफूलाई बचाउन कोसिस गरे पनि मुम्बई प्रहरीले सप्लिमेन्ट्री चार्जसिट (पूरक आरोपपत्र) मा दिइएको विवरणका कारण उनको प्रयास सफल बन्न सकेन ।गत

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 154 पटक पढिएको
  • इलामको बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण

     इलाम // इलामको बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा  निर्माण भएको छ। कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिका ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएको हो । बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२/०७३ मा भएको थियो । क्रमागत रुपमा सञ्चालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर १ सरकारमा हस्तान्तरण भएको थियो ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ ।सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गर्दै आएको नगर प्रमुख रण

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 124 पटक पढिएको
  • अब चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने

    काठमाडौं// अब चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने भएको छ।  जोकोही प्रयोगकर्ताले पनि ह्वाट्सएप अपडेट गरी चार वटा डिभाइसमा एकैपटक  फिचरको बेटा भर्सन सुरु गर्न सक्छन् ।फेसबुक स्वामित्वको म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले पछिल्लो समय आफ्ना प्रयोगकर्तालाई एकभन्दा बढी डिभाइसमा कनेक्ट गराउन मिल्ने सुविधा प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ ।  यो फिचरले प्रयोगकर्तालाई मोबाइल, कम्युप्टर, ल्यापटपजस्ता चार वटा डिभाइसमा ह्वाट्सएप कनेक्ट  गरी प्रयोग गर्ने सुविधा दिने बताइएको छ ।अन्य डिभाइसमा भने ह्वाट्सएपमा कनेक्ट भएपछि मोबाइलमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिने बताइ

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 157 पटक पढिएको
  • रियालिटी सो 'कमेडी च्याम्पियन २  को उपाधि ताप्लेजुङका पौडेललाई

    काठमाडौं// रियालिटी सो 'कमेडी च्याम्पियन२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले पाएका छन्। बिक्की अग्रवाल र सन्तोष थापालाई  पछि पार्दै पौडेलले उपाधि जितेका हुन्। भारत सिक्किमका बिक्की अग्रवाल दोस्रो भएका छन् भने गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर  पौडेल निकै चर्चामा आएका थिए। पहिलो बन्न सफल पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्। विक्की ले मोटरसाइकल पाएका छन् भने  सन्तोष थापाले स्कुटर जितेका छन्।बिक्कीआफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गरेका पौडेलको ख

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 183 पटक पढिएको
  • ‘एनआरएन द सिङ्गर’ कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने

    बिर्तामोड(एजेन्सी)  गैरआवासीय नेपाली संघले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ देखि १० बजेसम्म प्रसारण गरिने सम्झौतामा एल्लेख छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हनेछ ।एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो ।संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन

    • प्रकाशित मितिः असोज २, २०७८
    • 180 पटक पढिएको
  • बाल गृहमा रहेका बालबालिकाबीच बक्तृत्वकला

    विराटनगर / प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाबीच  प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाइ र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम बिर्तामोडकी भावना चौहान सान्त्वना

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 157 पटक पढिएको
  • एमसीसी : कसका लागि के ?

    ओलीका लागि एमसीसी,आए आँप गए झटारो !प्रचण्डकालागी एमसीसी,भालुको कनपट, समात्नु न छोड्नु !देउवाकालागि एमसीसी,कि हस्तिनापुरको राज कि चपरी मुनीको बास !माधव नेपालकालागि एमसीसी,खाई न पाई छालाको टोपी लाई !उपेन्द्र यादबकालागी एमसीसी,जसको लाठी उसको भैंसी !महन्त ठाकुरका लागि एमसीसी,भोको पेटले सोच्न सक्दैन !कमल थापाकालागी एमसीसी,जसको शक्ति उसको भक्ति !बाबुरामका लागि एमसीसी,माग्नेलाई छान्ने अधिकार हुँदैन !चित्रबहादुरका लागि एमसीसी,हिस्स बूढी हरिया दाँत !आइएनजिओका लागि एमसीसी,अजिङ्गरको आहारा दैवले जुराउँछ !पत्रकारका लागी एमसीसी,धन भनेपछि महादेवका तीन नेत्र !पावर ब्रोकरका लागी एमसीसी,मौकामा हिरा फोर्नुपर्छ !

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 202 पटक पढिएको
  • अब ह्वाट्सएपको अडियो म्यासेज अक्षरमा पनि पढ्न सकिने

    काठमाडौं// अब ह्वाट्सएपको अडियो म्यासेज अक्षरमा पनि पढ्न सकिने भएको छ। यो फिचरसँगै अब प्रयोगकर्ताले अडियो म्यासेज नबुझिएमा  अक्षरमा पनि पढ्न मिल्ने फिचर कम्पनीले ल्याउन लागेको हो। हाल यो फिचर सुरुमा आईओएसमा उपलब्ध गराउने गरी कम्पनीले काम गरिरहेको छ ।तर यो फिचर एन्ड्रोइडमा कहिले आउँछ भन्ने विषयमा भने कुनै जानकारी बाहिर नआएको बताइएको छ  ।हाल ह्वाट्सएपको इन्ड-टु-इन्ड इन्क्रिप्शन अन्तर्गत सम्पूर्ण अडियो म्यासेज सुरिक्षत रहने गरेको छ ।सो फिचरले एप्पलको स्पिच रिकग्निशन प्रविधिलाई थप सहयोग पुग्ने आशा गरिएको  बताइएको छ । कहिले काहिँ प्रयोगकर्ताले चुपचाप अडियो नसुनी अडियोमा के छ भनेर टेक

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 126 पटक पढिएको
  • अब नेपाल टेलिकमको सिम बाट ५५ रुपैयाँमा २ जिबी प्याक चलाउन पाइने

    काठमाडौं//अब नेपाल टेलिकमको सिम बाट ५५ रुपैयाँमा २जिबी प्याक चलाउन पाइने भएको छ। नेपाल टेलिकमले ५५ रुपैयाँमा २जिबी प्याक चलाउन सकिने योजना ल्याएको हो। उक्त प्याकको समयावधि २४ घन्टा रहेको कम्पनीले जानकारी गराएको छ।सो सेवा सूचारु गर्नको लागि  *1415# डायल गर्नु पर्ने बताइएको छ। त्यसका साथै एनटी एप डाउनलोड गरेर पनि प्याक लिन सकिने  कम्पनीले बताएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 143 पटक पढिएको
  • रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

    बिर्तामोड /  बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको शुक्रबार निधन भएको छ ।  ब्लड क्यान्सरबाट ग्रसित राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।बिहीबार राती रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको रगतमा अत्यधिक संक्रमण भएका कारण औषधीले पनि राम्रोसँग काम गर्न सकेको थिएन । उपचारकै क्रममा राजुको शुक्रबार निधन भएको द स्याडोज नेपालुका गायक स्वप्निल शर्माले जानकारी दिएका हुन् ।राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियान चलाइएको थियो । हाल आर्थिक सहयोग संकलन अभिया

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.