इटहरी / चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा सङ्गीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । 

कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआईरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । 

OM Sai Pathibhara Hospital

पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईँले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन् ।

गीतमा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी बोलका गीत सार्वजनिक भइसकेका छन् । 

म्युजिक भिडियोको निर्देशन गायक तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठ हुन् ।