झापा / दुई दशक देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायक तथा कलाकार श्रीदेव भट्टराई दुबइमा सम्मानित भएका छन् । 

युएईमा समपन्न ग्लोबल इन्टरनेश्नल अर्वाडको दोस्रो संस्करण समारोहमा यूएईका रोयर फेमिलीका सेक्रेटरी साही खालिफा मुस्सावे तथा अथितिबाट भट्टराईले सम्मान पाएका हुन् । 

OM Sai Pathibhara Hospital

इनास ग्लोबलको युएई शाखाको सहकार्यमा वल्र्ड वाइड मिडिया नेटवर्कले आयोजना गरेको उक्त कार्यक्रममा श्रीदेव सहित मनोरञ्जन क्षेत्रमा दुवइमा सक्रिय मोडल आशिष पुरुषलाई पनि सम्मान गरिएको थियो । 

कलाकारिता क्षेत्रमा दुई दशक देखि सक्रिय रहँदै देश र समाजमा पुर्याएको योगदान स्वरुप भट्टराईलाई विशेष नायकको सम्मान दिएको हो । 

बिरानो मायाँ, नयाँ पिडी र सुकुल गुण्डा जस्ता सफल चलचित्रमा अभिनय गरेका भट्टराईको चिठी नामक चलचित्रको छायाङ्कन धमाधम भइरहेको छ । यस अघि उनले बैंकक, कतार, लगायत अन्तराष्ट्रिय क्षेत्रमा अनुशासित नेपाली कला कलाकारको अवार्ड पाइसकेका छन् ।