काठमाडौँ / नेपाली चलचित्र जगतका चर्चित अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला मैनालीसँग सम्बन्ध बिच्छेद गरेका छन् । 

दोस्रो विवाह गरेको १३ वर्षपछि निखिलले कोपिलासँग कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेका हुन । 

OM Sai Pathibhara Hospital

निखिल र कोपिलाको सन् २००० मा विवाह भएको थियो । उनीहरूको विवाह भएको नौ वर्ष पछि सन् २००९ मा निखिलले अभिनेत्री सञ्चीता लुँइटेलसँग दोस्रो विवाह गरेका थिए  । 

दोस्रो विवाहपश्चात् कोपिलासँग अलग बस्दै आएका निखिलले गत भदौ १ गते भक्तपुर जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गरेका हुन। 

निखिल र कोपिलाका एक छोरा रहेका छन् ।