झापा / गायिका प्रविशा अधिकारी प्रेमी निर्माण सिटौलासँग विवाह बन्धनमा बाँधिएकी छिन् । गत साता सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आज (आइतबार) विवाह गरेकी हुन्।
‘द भ्वाइस किड्स’ मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि सिटौलासँग प्रेम सम्बन्धमा थिइन्।

आइतबार झापाको बिर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरूको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।
प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरू पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्।