झापा / झापाको मेचीनगर –८ की रोशा फुयाल नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्पियनको उत्कृष्ट १३ मा पर्न सफल भएकी छिन् ।

हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुँदै आएको यस गायन प्रतियोगितामा सुमधुर आवाजको कारण उनी टप १३ मा पुग्न सफल भएकी हुन् । 

OM Sai Pathibhara Hospital

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गइरहेको छ ।

प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ ।

अडिसनदेखि अब्बल प्रतिस्पर्धीको रुपमा परिचित रोशा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन् ।

सानैदेखि सङ्गीतमा रुचि देखाएकी रोशाले मेची झापामा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् ।

रोशालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SGMP स्पेस १३ टाइप गरी 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ ।

अनलाइन भोट गर्नको लागि MOMO ape डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ । हरेक शुक्रवार देखि सोमवार अपराह्न १२ बजेसम्म भोट गर्न सकिन्छ ।