झापा / नेपाली सांगीतिक बजारमा भर्खरै ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत रिलिज भएको छ ।
अमेरिकामा फिल्म मेकिङ, पढेका निर्देशक तथा गीतकार धनेन्द्र रसाइलीको शब्द रचनामा तयार भएको उक्त गीत रचना रिमाल युट्युब च्यानलबाट रिलिज भएको हो ।

रचना रिमाल, बाबुल गिरी, प्रवीन बाडेल र रबी ओड जस्ता गायक गायिकाको स्वर रहेको उक्त भिडियो ड्रिम स्टुडियोमा छायाङ्कन गरिएको छ ।
मिलन बराइलीको निर्माण तथा संगीत सागरको निर्देशन रहेको भिडियोमा सोही गीतका गायक –गायिकाहरूको प्रस्तुती रहेको छ ।
भिडियोमा विश्वास भण्डारीको छायाङ्कन रहेको छ । पदम सुवेदीले सम्पादन गरेको उक्त गीतमा बाबु गिरीको संगीत तथा एरेन्ज रहेको छ ।
सर्जक तथा गीतकार रसाइलीले यस अघि नेपाल आइडलका गायक गायिकाहरूसँग ‘आखा भरी’ नामक एल्बम निकाली सकेका छन् ।
उनका आधा दर्जन जति गीत रेकर्डिङको प्रक्रियामा छन् ।