खेलकुद

    Showing 861-870 of 1,599 items.
  • एशिया कप महिला टी–२० : उपाधिका लागि छैटौं पटक भारत र श्रीलङ्का भिड्दै

    काठमाडौं–एशिया कप महिला टी–२० २०२४ को फाइनल खेलमा आज भारत र श्रीलंका भिड्ने भएका छन् । प्रतियोगितामा अहिलेसम्म दुवै टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । दुवै टोली यस एसिया कपमा अहिलेसम्म अपराजित छन् । भारतीय टोली ९ औं पटक एसिया कपको फाइनल खेल्दैछ । अर्कोतर्फ श्रीलंका छैटौं पटक फाइनलमा पुगेको छ । दुवै टोली लगातार दोस्रो पटक र कुल छैटौं पटक उपाधिका लागि भिड्दैछन् । यसअघि दुवै टोली पाँच पटक फाइनलमा भिडेका थिए, प्रत्येक पटक भारतले श्रीलंकालाई हराएको थियो । भारत यसअघि भएका आठमध्ये सात संस्करणको च्याम्पियन टोली हो । सन् २०१८ मा बङ्गलादेशले उपाधि जितेको थियो ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 551 पटक पढिएको
  • पेरिस ओलम्पिक : ब्याडमिन्टन खेलाडी प्रिन्स पराजित

    काठमाडौं–पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर ३ मा गएराति भएको खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २–० को सोझो सेटमा पराजित भए । कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराएका हुन् । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग भिडन्त हुनेछ । ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 495 पटक पढिएको
  • ‘गौशाला २६’ सन्दीप लामिछानेविरुद्ध सर्वोच्च नजाने

    काठमाडौँ-  नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् ।उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।  उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छन् । उ

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 526 पटक पढिएको
  • कहाँ पुग्यो कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने कुरा ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा चासो देखाएक छन् । वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय सरकारले गरेको थियो । सोही विषयमा बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल ओलीले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका हुन् । गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 524 पटक पढिएको
  • एसिया कपले हाम्रो क्षमता बढायो : इन्दु वर्मा

    काठमाडौँ-  नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्माले आफूहरूसँग क्षमता छ भन्ने एसिया कपबाट प्रमाणित भएको बताएकी छन्।  श्रीलंकामा आयोजित महिला एसिया कपमा प्रतिस्पर्धा गरेर बिहीबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले नेपालले पनि खेल्न सक्छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएकी हुन्।“प्रतियोगिता एकदमै उत्साहित थियो। एसिया कपजस्तो ठूलो मञ्चमा नेपालजस्तो टिम सहभागी हुन पाउँदा एकदम रमाइलो थियो । यहाँबाट हामीले पनि खेल्न सक्छौँ, गर्न सक्छौँ भन्ने प्रमाणित भयो,” इन्दुले भनिन्।प्रतियोगिताको समूह चरणबाट बाहिरिए पनि नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 340 पटक पढिएको
  • भारतसँगको पराजयपछि नेपाल एसिया कपबाट बाहिरियो

    काठमाडौं–  भारतसँगको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको हो । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हरायो भने पाकिस्तानसँग नौ विकेटले पराजित भयो । भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्रै बन

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 411 पटक पढिएको
  • काभामा नेपालको यात्रा सेमिफाइनलमै सिमित, आज माल्दिभ्ससँग खेल्ने

    काठमाडौं–सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा नेपालले हार व्यहोरेको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमाएको थियो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्ससँग खेल्नेछ ।  

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 514 पटक पढिएको
  • काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल कीर्गिस्तानसँग भिड्दै

    काठमाडौं– सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल आज कीर्गिस्तानसँग भिड्दैछ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्नेगरी मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो । अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्कका साथ शीर्षस्थानमा छ । दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दो

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 434 पटक पढिएको
  • नेपाल पाकिस्तानसँग पराजित, अन्तिम खेल भारतसँग खेल्ने

    काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै  पूरा गरेको हो । पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् ।  नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 529 पटक पढिएको
  • नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

    काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई रनको १०९ लक्ष्य दिएको छ।श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो। खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्। अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिका

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 398 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.