काठमाडौँ- नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। 

सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।