काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत गोवर्धनलाई शुभकामना व्यक्त गरेका हुन् । 

पलेशाले पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के(४४ वर्गको महिला ५७ केजीमुनि स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् । यो उपलब्धिसँगै‚ पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।