काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई जनअपेक्षाअनुसार छिटो, पारदर्शी र प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
पत्रकारसँगको अन्तरक्रियामा उनले न्यायपालिकाले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताए।
उनका अनुसार अदालतका आदेश र फैसला नै न्यायपालिकाको मुख्य सार्वजनिक माध्यम भएकाले न्याय सम्पादनलाई अझ पारदर्शी, व्यवस्थित र नागरिकमैत्री बनाउने दिशामा अदालत निरन्तर लागिरहेको छ।






































