काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले थुनामा नराख्ने निर्णय गरेको छ। अदालतले उनलाई साधारण तारेखमा बसेर मुद्दाको सामना गर्न आदेश दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले हालसम्म प्राप्त प्रमाणका आधारमा पौडेलको प्रत्यक्ष संलग्नता नदेखिएको, उनले आरोप अस्वीकार गरेको तथा दीपक भट्टसँग आर्थिक कारोबार वा गैरकानुनी लाभ लिएको प्रमाण तत्काल नदेखिएको निष्कर्ष निकालेको छ।

यही आधारमा अदालतले धरौटी माग्ने वा पुर्पक्षका लागि थुनामा पठाउने अवस्था नरहेको भन्दै पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। मुद्दाको अन्तिम टुंगो भने अदालतको नियमित सुनुवाइपछि लाग्नेछ।