काठमाडौं–नेपाली महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने मौका पाएकी छन् । ग्रिसको महिला ‘ए’ डिभिजन लिग क्लब निस अट्रोमिटौले २०२४(२५ सिजनका लागि उनलाई अनुबन्ध गरेको हो ।

सम्झौतासम्बन्धी रकम गोप्य राखिएको छ । एक दशकभन्दा बढी समय घरेलु फुटबल खेलेकी अञ्जिला पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् ।  अञ्जिलाले युरोपियन लिग खेल्न पाउँदा खुशी व्यक्त गर्दै लामो प्रयासको परिणाम चन्दै उत्साहित भएको प्रतिकृया दिइन् । तपाईंलाई जानकारी गराउ अञ्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो नेपाली खेलाडी हुन् ।

OM Sai Pathibhara Hospital

इजरायली क्लबबाट युरोपियन फुटबलमा प्रवेश गरेकी सावित्रा हाल फ्रान्सको गुइग्याम्प क्लबमा खेलिरहेकी छिन् । पछिल्लो समय नेपाली महिला फुटबल खेलाडीहरू विदेशी लिग खेल्ने क्रम बढिरहेको छ । नेपाली फरवार्ड रेखा पौडेल हाल यूएईको अबुधाबी क्लबमा खेलिरहेकी छन् ।