काठमाडौं–बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा भएको फाइनल खेलमा बङ्गलादेशले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक उपाधि चुमेको हो । 

बङ्गलादेशका मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोवाले समान एक–एक गोल गर्दै जित दिलाए । नेपालका समीर तामाङले खेलको ८१औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा नेपाल‚ बङ्गलादेश‚ श्रीलङ्का‚ भारत‚ माल्दिभ्स‚ र भूटानको सहभागिता रहेको थियो ।