काठमाडौं–दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बङ्गलादेशबीच खेल हुने भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २:४५ बजेबाट शुरू हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् । नेपाली यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टोलीले ४५ दिनदेखि एन्फा मुख्यालयमा तयारी गरेको र त्यसैले फाइनलमा फाइदा पुग्ने बताए । 

OM Sai Pathibhara Hospital

यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । बङ्गलादेशले भारतलाई सेमिफाइनलमा हराएर फाइनलमा स्थान बनाएको हो । 

बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले मैदानको फाइदा नेपाललाई भए पनि आफ्नो टोलीको मनोबल उच्च रहेको र उपाधि जित्न आफूहरूको तयारी रहेको प्रतिक्रिया दिए ।