काठमाडौं- काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा सोमबार साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समुह बी अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
नेपालसहित ६ देशको सहभागिता रहेको यस प्रतियोगितामा नेपाल रहेको समुह ए मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
नेपालले समुह चरणको अर्को खेलमा विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।