खेलकुद

    Showing १,५३१-१,५४० of १,६४७ items.
  • आईसीसी टी –२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा

    बिर्तामोड / आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएईमा हुने टी –२० विश्वकपका लागि अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने टी –२० विश्वकप क्रिकेटका लागि आरोन फिन्चको कप्तानीमा बिहीबार टोली घोषणा गरिएको हो ।टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् ।त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • १९६ पटक पढिएको
  • टि२० विश्वकप दशैं सकिएसँगै सुरु हुने

    काठमाडौं//आइसीसी टि  २० विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा विजया दशमी (दशैं) सकिएसँगै सुरु हुने भएको छ ।  २०७८  असोज ३१ देखि काार्तिक २८ सम्म चल्ने खेलको सेमिफाइनल कार्तिक २४ र २५ तथा फाइनल २८  गते हुने बताइएको छ।पहिलो चरणका समूह ए र बी का खेल सकिएपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।समूह ए का सबै खेल युएई र बी का खेल ओमानमा हुने छ । पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र नामिबिया छन् भने समूह बी मा ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड र बंगलादेश रहेका छन् । दुवै समूहका शीर्ष दुई दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । पहिलो चरणको खेल असोज ३१ देख

    • प्रकाशित मितिः भदौ २, २०७८
    • १७८ पटक पढिएको
  • बार्यनले जित्यो जर्मन सुपर कपको उपाधि

    बिर्तामोड / जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्लाई ३-१ ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो । बार्यनको तर्फबाट रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल गरे । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए ।बार्यनले नवौँ पटक सुपर कपको उपाध

    • प्रकाशित मितिः भदौ २, २०७८
    • १८७ पटक पढिएको
  • एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    काठमाडौँ / एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा  रहेको नेपालले फिलिपिन्स सँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको हो । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूह अन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ । नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोना महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १७८ पटक पढिएको
  • चर्चित जर्मन फुटबलर गर्ड मुलरको निधन

    बिर्तामोड  / विश्वप्रसिद्ध जर्मन फुटबलर गर्ड मुलरको निधन भएको छ । जर्मनी तथा बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुलरको ७५ वर्षको उमेरमा निधन भएको हो । मुलरले आफ्नो फुटबल करिअरका क्रममा चार सय २७ बुन्डेसलिगा खेलबाट ३ सय ६५ गोल गरेर कीर्तिमानी बनाएका थिए । उनले पश्चिम जर्मनमा ६२ खेलमा ६५ गोल गरेका थिए । बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । मुलरले विश्वकप फुटबलमा गरेको १४ गोल लामो समयसम्म धेरै गोलको रेकर्डमा कायम भएको थियो । अझै पनि उनी जर्मनीका मिरोस्लाभ क्लोस १६ गोल, ब्राजिलका रोनाल्डो १५ गोलपछि तेस्रो स्थानमा छन् । मुलरले १९७० र १९७४ क

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १७६ पटक पढिएको
  • झापा तेक्वान्दोको अध्यक्षमा बाबुलाल सुब्बा निर्वाचित

    झापा //नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्वाचित भएका छन् ।आइतवार सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन बाट बाबुलाल निर्वाचित भएका हुन् । अधिवेशनमा भएको चुनावी प्रक्रियाबाट अन्य पदाधिकारी तथा सदस्यहरु समेत  निर्वाचित भएका छन्।  उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा साथै सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी निर्वाचित भएका हुन्।नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १६५ पटक पढिएको
  • महिला टोलीको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए

    बिर्तामोड / नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार ४५ खेलाडीलाई प्रशिक्षणका लागि छनोट गरे पनि दोस्रो चरणमा १७ जनालाई घटाएर २८ जना खेलाडी मात्र राखेको छ ।पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएनन् । त्यस्तै, एकजना खेलाडी कोरोना सङ्क्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • २०६ पटक पढिएको
  • पीएसजी बन्यो अब विश्वकै शक्तिशाली क्लब

    बिर्तामोड / विश्व फुटबलका हस्ती भनेर चिनिएका अर्जेन्टाइन खेलाडी लियोनेल मेस्सीले अन्तत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन रोजेका छन् । विश्व फुटबलमा आफ्नो फरक नाम लेखाउन सफल उनी केही दिन अघि मात्रै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बाहिरिएका थिए । मेस्सीलाई आफ्नो क्लबमा भित्राउने दौडमा रहेको विश्वका चर्चित फुटबल क्लबहरूलाई पछि पार्दै फ्रान्सेली क्लब पीएसजी मेस्सीलाई भित्राउन सफल भएको हो ।मेस्सी र पीएसजीबीच आगामी दुई वर्षको लागि करार सम्झौता भएको छ । ३४ वर्षीय मेस्सी र पीएसजी बिच भएको सम्झौतामा आपसी समझदारीमा पुन स् एक वर्ष समय थप्न सकिने प्रावधान समेत राखिएको छ । नेयमार भन्दा बढि मूल्यमा म

    • प्रकाशित मितिः साउन २७, २०७८
    • २५८ पटक पढिएको
  • फुटबलका पूर्व राष्ट्रिय रेफ्री गुरुङको निधन

    बिर्तामोड  / झापाका पूर्व राष्ट्रिय रेफ्री तिलक गुरुङको बुधबार बिहान निधन भएको छ।गुरुङको काठमाडौंमा निधन भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले जानकारी दिए। बुधबार बिहान साँढे १० बजे उनको निधन भएको हो।गुरुङ झापा जिल्ला फुटबल संघका महासचिव र संस्थापक सदस्य पनि थिए। उनी फ्रेन्ड्स क्लबका संस्थापक पनि हुन्। लामो समयदेखि उनी क्यान्सर रोगले पीडित थिए।

    • प्रकाशित मितिः साउन २७, २०७८
    • ६९२ पटक पढिएको
  • मेसीले बार्सिलोना क्लब र समर्थकसंग लिए बिदा,थाम्न सकेनन आँसु

     काठमाडौं//अर्जेन्टिनी फरवर्ड लियोनल मेसीले बार्सिलोना क्लब र यसका समर्थकसंग बिदा लिएका छन्। आइतबार मेसीले पत्रकार सम्मेलन गरेर 'बार्सिलोनामा बिताएका समय केही राम्रा केही नराम्रा रहेपनि ,बार्सिलोनाका जनताले उनीप्रति गरेको माया उस्तै रहेको बताएका छन्। आफु फेरी कुनै दिन बार्सिलोनामा फर्कने र फरक भूमिकामा रहने छु' भन्ने कुरामा विश्वस्त रहेको पनि बताएका छन्। बिदाईको समयमा आँसु रोक्न नसकेका उनले 'आँफुले बार्सिलोना छाड्दै छु भन्ने तथ्यमा  विश्वास नै गर्न नसकेको तर ,अहिलेको यो समयमा आफ्नो जीवन फेरिंदै छ भन्ने कुरालाई स्वीकारेर अगाडि बढ्नु नै ठीक रहेको' उल्लेख गरेका छन्। आफुले पत्रकार सम्मेल

    • प्रकाशित मितिः साउन २४, २०७८
    • ५४० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.