बिर्तामोड / जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्लाई ३-१ ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो । 

बार्यनको तर्फबाट रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल गरे । 

OM Sai Pathibhara Hospital

खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।

६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए ।

बार्यनले नवौँ पटक सुपर कपको उपाधि जितेको हो ।