बिर्तामोड  / झापाका पूर्व राष्ट्रिय रेफ्री तिलक गुरुङको बुधबार बिहान निधन भएको छ।

गुरुङको काठमाडौंमा निधन भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले जानकारी दिए। बुधबार बिहान साँढे १० बजे उनको निधन भएको हो।

OM Sai Pathibhara Hospital

गुरुङ झापा जिल्ला फुटबल संघका महासचिव र संस्थापक सदस्य पनि थिए। उनी फ्रेन्ड्स क्लबका संस्थापक पनि हुन्। लामो समयदेखि उनी क्यान्सर रोगले पीडित थिए।