बिर्तामोड  / विश्वप्रसिद्ध जर्मन फुटबलर गर्ड मुलरको निधन भएको छ । जर्मनी तथा बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुलरको ७५ वर्षको उमेरमा निधन भएको हो । 

मुलरले आफ्नो फुटबल करिअरका क्रममा चार सय २७ बुन्डेसलिगा खेलबाट ३ सय ६५ गोल गरेर कीर्तिमानी बनाएका थिए । उनले पश्चिम जर्मनमा ६२ खेलमा ६५ गोल गरेका थिए । बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । 

OM Sai Pathibhara Hospital

मुलरले विश्वकप फुटबलमा गरेको १४ गोल लामो समयसम्म धेरै गोलको रेकर्डमा कायम भएको थियो । अझै पनि उनी जर्मनीका मिरोस्लाभ क्लोस १६ गोल, ब्राजिलका रोनाल्डो १५ गोलपछि तेस्रो स्थानमा छन् । 

मुलरले १९७० र १९७४ को विश्वकप फुटबल खेलेका थिए ।