बिर्तामोड आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएईमा हुने टी –२० विश्वकपका लागि अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने टी –२० विश्वकप क्रिकेटका लागि आरोन फिन्चको कप्तानीमा बिहीबार टोली घोषणा गरिएको हो ।

OM Sai Pathibhara Hospital

टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्चकुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसनमिचेल मार्श रहेका छन् ।

त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् । टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिसडेनील क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् ।

सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।