झापा //नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्वाचित भएका छन् ।आइतवार सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन बाट बाबुलाल निर्वाचित भएका हुन् ।

अधिवेशनमा भएको चुनावी प्रक्रियाबाट अन्य पदाधिकारी तथा सदस्यहरु समेत  निर्वाचित भएका छन्। 

OM Sai Pathibhara Hospital

उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा साथै सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी निर्वाचित भएका हुन्।

नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कार्यसमिति  बिघटन  गरी बाबुलालको नेतृत्वमा तदर्थ समिति गठन गरिएको बताइएको छ।

निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली रहेका थिए भने सदस्यहरुमा कराँते प्रशिक्षक सौरभ प्रधान र सोनु राजवंशी रहेको बताइएको छ।