बिर्तामोड / विश्व फुटबलका हस्ती भनेर चिनिएका अर्जेन्टाइन खेलाडी लियोनेल मेस्सीले अन्तत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन रोजेका छन् ।

विश्व फुटबलमा आफ्नो फरक नाम लेखाउन सफल उनी केही दिन अघि मात्रै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बाहिरिएका थिए । मेस्सीलाई आफ्नो क्लबमा भित्राउने दौडमा रहेको विश्वका चर्चित फुटबल क्लबहरूलाई पछि पार्दै फ्रान्सेली क्लब पीएसजी मेस्सीलाई भित्राउन सफल भएको हो ।

OM Sai Pathibhara Hospital

मेस्सी र पीएसजीबीच आगामी दुई वर्षको लागि करार सम्झौता भएको छ । ३४ वर्षीय मेस्सी र पीएसजी बिच भएको सम्झौतामा आपसी समझदारीमा पुन स् एक वर्ष समय थप्न सकिने प्रावधान समेत राखिएको छ । नेयमार भन्दा बढि मूल्यमा मेस्सीले क्लबसँग सम्झौता गरेको भनिए पनि कति रकम भन्ने सार्वजनिक भएको छैन ।  

आगामी शनिबार हुने स्ट्रास्बर्ग विरुद्धको खेलमा मेस्सीले डेब्यू गर्ने अनुमान गरिएको छ । बार्सिलोना र अर्जेन्टिनाबाट खेल्दा १० नम्बर जर्सीमा देखिने मेस्सी पीएसजीमा भने ३० नम्बर जर्सीमा देखिने भएका छन् ।

पिएसजीमा १० नम्बर जर्सीमा ब्राजिलियन स्टार फुटबलर नेयमारले खेल्ने गरेका छन् । मेस्सी आए उनका लागि १० नम्बर जर्सी समर्पण गर्ने नेयमारले बताएका थिए ।

बार्सिलोनामा नेयमार र मेस्सीले सँगै खेलेका थिए । उनीहरु दुई बिच निकै राम्रो सम्बन्ध रहेको छ । नेयमार बार्सिलोना छाडेर पिएसजीमा आएका थिए । उनी पीएसजी आए देखि नै उनले मेस्सीलाई भित्राउन कोसिस गरिरहेका थिए ।

पिएसजीले मेस्सीलाई भित्राउन विगत दुई वर्ष देखि लगातार प्रयास गर्दै आएको थियो । मेस्सी समेत भित्राएको पिएसजीमा विश्व चर्चित फुटबलर नेयमारएम्बापे समेत रहेका छन् । तिन स्टार खेलाडी सहित अन्य चर्चित खेलाडी भएको पीएसजी मेस्सीसँगको सम्झौता लगत्तै विश्व चर्चित क्लब बनेको छ ।

बार्सिलोना , रियल मेड्रिड ,  युभेन्टस , म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड लगायतका क्लबको दवदवा रहेको क्लब फुटबलमा अव पीएसजी नयाँ शक्ति बनेर उदाउने भएको छ ।

ला लिगाको फाइनान्सियल फेयर प्लेको नियमअनुसार नयाँ सम्झौता गर्न बार्सिलोनाले नसकेपछि मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका थिए ।

१३ वर्षको उमेरमा नै बार्सिलोनामा आबद्ध भएका मेस्सीले बार्सिलोनाका लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनामा रहँदा उनले कीर्तिमानी ६ वटा बालोन डि ओरका साथै ३५ वटा उपाधि जितेका छन् ।

पिएसजीसँगको सम्झौता पछि मेस्सीले आफूले पेरिसमा रहँदा करियरको नयाँ अध्याय सुरु गर्ने बताएका छन् । पिएसजीमा प्रतिभावान् खेलाडी रहेको भन्दै उनले  पीएसजी र फुटबल फ्यानका लागि आफूले केही नयाँ गरेर देखाउने बचन समेत दिएका छन् ।

पीएसजीका अध्यक्ष नासेर अल खेलाडीले मेस्सीलाई पेरिसमा स्वागत गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले आफ्नो टोलीले विश्वभर नयाँ इतिहास बनाएको हेर्न आफू इच्छुक रहेको बताएका छन् ।