बिर्तामोड / नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार ४५ खेलाडीलाई प्रशिक्षणका लागि छनोट गरे पनि दोस्रो चरणमा १७ जनालाई घटाएर २८ जना खेलाडी मात्र राखेको छ ।

OM Sai Pathibhara Hospital

पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएनन् । त्यस्तै, एकजना खेलाडी कोरोना सङ्क्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।

नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।