काठमाडौं//आइसीसी टि  २० विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा विजया दशमी (दशैं) सकिएसँगै सुरु हुने भएको छ । 

२०७८  असोज ३१ देखि काार्तिक २८ सम्म चल्ने खेलको सेमिफाइनल कार्तिक २४ र २५ तथा फाइनल २८  गते हुने बताइएको छ।

OM Sai Pathibhara Hospital

पहिलो चरणका समूह ए र बी का खेल सकिएपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।समूह ए का सबै खेल युएई र बी का खेल ओमानमा हुने छ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र नामिबिया छन् भने समूह बी मा ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड र बंगलादेश रहेका छन् ।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् ।

पहिलो चरणको खेल असोज ३१ देखि कार्तिक ६ सम्म चल्ने छन्  भने सुपर १२ का खेलहरु कार्तिक ७ देखि २२ सम्म चल्ने छ ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, समूह ए को विजेता र समूह बी को उप विजेता रहने छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उप विजेता रहने  बताइएको छ।

टि२० विश्वकपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

२९ दिन सम्म चल्ने प्रतियोगितामा कुल ४५ खेलबाट एक टि२० विश्व च्याम्पियन बन्ने छ ।